Lets Explore,
Cover of गल्ली संसार (Galli Sansar)

गल्ली संसार (Galli Sansar)

(Paperback)

Roshan Sherchan,

Thuprai Solutions Pvt. Ltd. (Publisher)

Published
2024
Reviews
0

Ships within 12-14 days

Free Shipping in India

International Edition

1566.00
1566.00
0% off
1

वन-पाठशालाबाट निस्किएका यायावार हुन्- रोशन शेरचन; जसले निर्जीव-अक्षरहरूलाई सजीव-निबन्ध बनाउँछन् ।

कतै मानव-प्रकृतिको अन्तरसम्बन्ध, सहअस्तित्व र संरक्षणलाई साहित्यसँग जोड्दै रैथाने तथा आदिवासी बिरुवा र संस्कृतिको बखान गर्छन् भने कतै लेखनलाई आत्मसङ्घर्ष मान्दै आफूलाई प्रभाव पारेका पुस्तक र मनपर्ने लेखकबारे लेखेर मुक्त हुन्छन्। कतै सङ्गीतका सुरहरूमा स्वतन्त्रता र विश्वकलाको मानक खोज्ने शिल्पीहरूका लय, यति, गति र मात्राहरूलाई मापन गर्छन् भने कतै सङ्घर्ष, पीडा, भ्रम, ऐकान्तिकता, कोलाहल र आशाको गल्लीलाई 'गल्ली संसार' बनाउँछन् ।

निबन्धलाई कथा वाचनकै एक माध्यम मान्ने शेरचनले यथार्थवादी धार र अनौपचारिक भाषाशैलीमा यस सङ्ग्रहका निबन्धमा निबन्धीय-स्वर्णलेपन गरेका छन्।

विषयवस्तुको विविधता, बौद्धिक-वैचारिकी, भाषिक-लालित्य र लेखकीय इमानदारीका निम्ति 'गल्ली संसार' निबन्धसङ्ग्रह सदा स्मरणीय रहनेछ।

Vidya AI